माधव बेल्वासे
कपिलवस्तु २६ असोज  । नेकपा माओवादी  केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ कपिलवस्तुको नेतृत्व पुनर्गठन गरिएको छ । आज वोडगाउमा सम्पन्न वैठकमा अखिल नेपाल ट्रेड युनियन महासंघ का केन्द्रिय सदस्यता तथा प्रदेश कोषाध्यक्ष गंगन विकको अध्यक्षतामा १९ सदस्य समिति गठन गरिएको छ ।जसको सचिव लक्ष्मी प्रसाद उपाध्यय,कोषाध्यक्ष हर्ष सुनार रहनु भएको छ ।सदस्यहरुमा वाण्ग्रगा नगरपालिका वाट भरत ज्ञवालि,गुमान सिह वैजाली,कपिलवस्तु नगरपालिका वाट प्रमानन्द मैर्य,याशोधरा गाउपालिका वाट पिताम्वर रैदास,सिताराम पासि,शिवराज नगरपालिका वाट प्रेम गिरी सुदन खत्रि रहनु भएको छ ।

माओवादी  केन्द्र जिल्ला सहईन्चार्ज सुकई थारुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला संयोजक विष्णु शाह,दिनेश पुन,प्रमिण विक,नारायाण भुषाल लगाएतको उपस्थिति रहेको थियो ।आजको वैठकले कपिलवस्तुका १० वटै स्थानिय निकायमा संगठन विस्तार गरि प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । वैठक पछि कुरा गर्दै अध्यक्ष विकले मजदुरहरुको हक र संरक्षणको लगि काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।