काठमाडौं, २५ असोज । नायिका रेखा थापाको कार दुर्घटना भएको छ । बुधबार दिउँसो चाहविलस्थित ओम अस्पताल अगाडि नायिका थापाको बा १४ च ४७२ नम्बरको कार दुर्घटना भएको हो ।

rekha-thapa-

नायिका थापाको बा १४ च ४७२ नम्बरको कारलाई बा २ ख ८६३२ नम्बरको ट्रिपरले ठक्कर दिएर दुर्घटना भएको थियो । बुधबार दिउँसो कारको पछाडिको भागमा ट्रिपरले ठक्कर दिए पनि नायिका थापालाई कुनै चोटपटक लागेको छैन । ‘पछाडिबाट ट्रिपरले ठक्कर दिएछ । पछाडिको ढोका पट्टीको भाग स्क्र्याच भएको ।