इन्द्रेणी संवाददाता
दाङ, ३२ जेठ ।
दाङ त्रिपुरका दलित महिला परम्परागत आफ्नो सिलाई कटाई सीप जोगाउँन अग्रसर देखिएका छन् । पछिल्लो समय सिलाई कटाई प्रतिको आकर्षण घट्दो क्रममा रहेका कारण सिलाई कटाईलाई पेसा जोगाउँन त्यहाका महिलाहरु सक्रिय देखिएका हुन ।11

त्रिपुर नगरपालीको आर्थिक सहयोग एवं त्रिपुर नगरस्तरिय दलित सञ्जालले ३ महिने सिलाई कटाई तालिमको आयोजना गरी आभियानकै रुपमा सिप संरक्षणमा जुटेका हुन । तालिममा सहभागि सुनिता गन्र्धबले परम्परागत दलित समुदायको पेसासंग जोडिएको सिलाई कटाई सिप वडा.वडामा पुगेर दलित समुदायको परम्परा र पहिचान जोगाउँन लागेको बताउँनुभयो ।

आर्थिक अबस्था कमजोर भएका दलित समुदायले यो पेसा सजिलै गर्ने सक्ने भन्दै त्यसका लागि गाउँ गाउँमा आफुहरु स्वयम् सेवीकाकाका रुपमा खटि दलित समुदायको पहिचान जोगाउने सुनिताको भनाई छ । त्रिपुरकै वसन्ती नेपालीले आर्थिक अबस्था कमजोर भएका दलित सुमदायको दैनिक गुजार्न सिलाई कटाईले सहयोग पु¥र्याउने वताउँनुभयो ।

कम लगानीमा पनि अधिकम फाईदा लिन सक्ने सिलाई कटाई सिपमा पहिल्लो समय गैर दलितले सिक्न थालेको भन्दै आफुहरु तालिम लिएर गाउँ गाउँमा पुग्न थालेको नेपालीले वताउँनुभयो । दलित समुदायका महिला,पुरुष परम्परागत रुपमै सिलाई कटाई पेसा अङ्गाल्दैआएको भन्दै नेपालीले पहिचान जोगाउँन आफुहरु जुटेको भनाई छ ।

त्रिपुर नगरपालीकाका निमित्त कार्यकारी अधिकृत तारा भट्राईले नगरपालीकाले दलित समुदायको अबस्यकताको महसुस गरेर तालिम प्रदान गरेको वताउँनुभयो ।उहाँले नगरपालीकाले बाटो देखाउँने काम मात्र गरेको बताउँदै त्यसमा हिड्ने जम्मा तालिमका सहभागिको भएको वताउँनुभयो ।।