तुलसीपुर, २१ असोज । सामुदायिक रेडियो, रेडियो प्रकृति एफ. एम ९३.४ मेगाहर्जले सातौैं बार्षिक उत्सव मनाउने भएको छ । सातौ बर्ष पार गरेर आठौं बर्षमा प्रवेश गरेको अवसरमा आइतबार तुलसीपुरमा बार्षिक उत्सव मनाउन लागेको स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो । ‘रेडियो प्रकृति’ नेपालमै पहिलो वातावरण मैत्री एफएमका रुपमा २०६७ असोज २२ गते तुलसीपुरमा स्थापना भएको थियो ।
स्थापनाकाल देखि वन,वातावण र प्रकृति संरक्षणका मुद्दालाई रेडियोले मुख्य प्राथमिकता दिदै आएको छ । यसैविच रेडियोले बार्षिक उत्सवको अवसारमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । सोअवसरमा प्राविधिक प्रमुख माधव कडेल, लेखा प्रमुख शितला विष्ट, कार्यक्रम संचालकको तर्फबाट बरिष्ट कार्यक्रम संचालक तुफानबाबु श्रेष्ठ, राजन लामीछाने र बिस्मात केसीलाई सम्मान गर्ने भएको छ ।
त्यस्तै तुलसीपुर उद्योगबाणिज्य संघका निवर्तमान अध्यक्ष बिमल रिजाललाई पनि सम्मान गरिने भएको छ । ‘ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर’ मार्फत सरसफाई अभियानमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै रिजालाई सम्मान गरिन लागिएको हो ।
त्यसैगरी ठुलाचौर सामूदायिक वन उपभोक्ता समुहलाई सम्मान गर्ने रेडियो संचालक समितिका सचिव रामप्रसाद चालीसेले जानकारी दिनुभयो । बार्षिक उत्वसलाई प्रेस काउन्सीलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बार्षिक उत्वसको रेडियोले प्रत्यक्ष प्रसारण गर्ने छ ।
संचालक समितिका अध्यक्ष खगेन्द्रप्रसाद पोख्रेलको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष नारायण खनाल, नेत्रमणी लामीछाने भागिराम चौधरी लगाएतले आ–आफना धारणा राखेका थिए ।
