दाङ, २१ असोज । दाङको तुलसीपुरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
तुलसीपुर–१६ को भलैबाट तुलसीपुर आउँदै गर्दा अटो रिक्सा दुर्घटना हुँदा तुलसीपुर–६ की २९ वर्षीया शशी भुसालको ज्यान गएको हो । उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
