काठमाडौं, २० असोज । वाम गठबन्धले चर्चा पाइरहेको वेला महन्त ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम बीच चुनावी गठबन्धन बनाउने सहमति भएको छ ।

Untitled-1आज शुक्रवार ठाकुर र यादवले सयुक्त विज्ञप्ति जारी गरी आसन्न प्रदेश र प्रतिनिधि सभाको चुनावमा तालमेल गरेर अघि वढ्ने सहमति भएको जनाएका छन् ।

उनीहरुले यी दुबै निर्वाचनका लागि साझा उम्मेदवार उठाउने सहमत समेत भएको विज्ञप्तिमा उल्लेख छ । साथै अन्य पार्टी र मोर्चा वा गठबन्धनमा तालमेल गर्नुपरेमा संयुक्त रुपमा सहभागी हुने समेत बताइएको छ ।

begepti