इन्द्रेणी संवाददाता
दाङ, २० असोज । राप्तीको जेठो पुस्तकालय सर्वाेदय पुस्तकालय तथा वाचनालय सञ्चालक समितिको अध्यक्षमा साहित्यकार एवं वरिष्ठ पत्रकार सुशील गौतम चयन भएका छन् ।
नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय कार्यसमितिको सल्लाकार समेत रहेका गौतम सर्वाेदयको विहीबार सम्पन्न साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन् । प्रेस स्वतन्त्रता सेनानी समेत भइसकेका गौतम लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् भने उनलाई वाम बुद्धिजीवीको रुपमा पनि चिनिन्छ ।
त्यसैगरी वाचनालयको उपाध्यक्षमा चन्द्रराज पन्त, सचिवमा सुदीप गौतम र कोषाध्यक्षमा नुमानन्द आचार्य चयन भएका छन् सदस्यहरुमा शारदा शर्मा, सुशीला आचार्य, तुल्सी राना, पदमप्रसाद शर्मा, हरिप्रसाद पाण्डे रहेका छन् ।
त्यसैगरी सल्लाहकारहरुमा वरिष्ठ पत्रकार एवं साहित्यकार नारायणप्रसाद शर्मा गिरीराज शर्मा, पुरुषोतम खनाल, नारायण भुषाल, शम्भु गौतम, माधव अधिकारी, उत्तमकृष्ण मजगैँया, विष्णा गौतम र भुवन देवकोटालाई चयन गरिएको छ ।











