नवलपरासी , २० असोज । नेपाली कांग्रेस क्षेत्र नं. ६ नवलपरासीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा बोल्ने बत्ताहरुले बिपीको सिद्धान्तलाई प्रभावकारी रुपमा आत्मसाथ गर्नुपर्ने जोड दिएका थिए ।
कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस नेता एवंम् सांसद देवकरण प्रसाद कलवार ( सन्तु )ले लोकतन्त्र रक्षाका लागि देशमा नेपाली कांग्रेसलाई अवको निर्वाचनमा पहिलो पार्टी बनाउनुपर्ने बताउनुभएको छ ।नेता कलवारले नेपाल को संविधान लागू गराउन पनि अवको प्रदेश र संघको निर्वाचनमा बहुमत को साथ देशको पहिलो पार्टी बनाउनु पर्नेमा जोड दिनुभयो ।
नवलपरासी क्षेत्र न. ६बाट निर्वा्चित सांसद समेत रहनुभएका सांसद कलवारले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको मसिरमा हुन लागेको निर्वाचन मा हरेक क्षेत्र बाट नेपाली कांग्रेस लाई बिजयी गराउन कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।
सो अवसरमा कार्यक्रमका बिशेष अतिथी नेपाली कांग्रेसका नेता एवंम् सांसद बिक्रम खनालले निर्वाचन लाई मध्य नजर गर्दै बाम पन्थी हरु एकहुदा पनि कांग्रेसलाई कुनै शक्ति ले पराजित गर्न नसक्ने ठोकुवा गर्नु भयो। बामपंथी हरु एकता कायम गरि लोकतन्त्र र प्रजातान्त्रिक शक्ति हरुलाई सखाप पार्न खाजेकोले त्यसको जवाफको रुपमा बाम पन्थी हरुलाई पराजित गर्नका लागि कांग्रेस ले पनि लोकतान्त्रिक पार्टिहरु बिच एकता भईरहेको समेत नेता खनालले सो अवसरमा बताउनुभयो ।
नेता खनालले बिश्व बाट नै बामपंथी हरु सखाप भईरहदा नेपालमा पनि टिक्न नसकिने बताउनु भयो ।निर्वाचन मा सबै कांग्रेका कार्यकर्ता हरुले एकजुटभई बामपंथी हरु परास्त पार्नु जिम्मेवारी सबैकाधमा आएको ले सकृय रुपमा मतदाताहरु सग सहकार्य गर्नुपर्ने नेता खनालले बताउनुभयो ।क्षेत्र न६ को सभापति मुकुल कुमार आचार्य सभापतित्व तथा सांसदन देवकरण प्रसाद कलवार सन्तुको प्रमुख प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सो अवसरमा बिमला उपाध्या, पार्टी का जिल्ला सदस्य दलिराम चौधरी ,शम्भु लाल श्रेष्ठ , बिश्व प्रेम पाठक,प्रतापपुर गाउपालिका प्रमुख राजकुमार शर्मा ,बन्धु बरई ,नारायण भण्डारी , बिनो पाण्डे ,शुक बहादुर गुरुङ ,पत्रकार पुरुषोत्तम सुवेदी लगायत ले बोल्नु भएको थियो ।
कार्यक्रम मा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रम मा सासद बिक्रम खनाल ,बिमला उपाध्या, पार्टी का जिल्ला सदस्य दलिराम चौधरी ,शम्भु लाल श्रेष्ठ ,बिश्व प्रेम पाठक,प्रतापपुर गाउपालिका प्रमुख राजकुमार शर्मा ,बन्धु बरई ,नारायण भण्डारी , बिनो पाण्डे ,शुक बहादुर गुरुङ ,पत्रकार पुरुषोत्तम सुवेदी लगायत ले बोल्नु भएको थियो ।कार्यक्रम मा किभिन्न पार्टी परित्याग गरि करिब ५ सय जना नेपाली कांग्रेससमा प्रबेश गरेका थिए । सो कार्यक्रमको संन्चालन क्षेत्रिय सचिव राम प्रसाद जोशीले गर्नु भएको थियो।