राधा शर्मा / बर्दिया
बर्दिया १७ असोज । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम बर्दियाबाट संघको निर्वाचन लड्ने पक्का भएको छ । आगामी मंसिर २१ गते हुने संघको प्रतिनीधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नं. १ बाट बामदेव गौतम चुनाव लड्ने लगभग निश्चित भएको हो । असोज १७ गते नेकपा एमाले प्रतिनीधिसभा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रिय कमिटि बर्दियाले संघको प्रतिनीधि सभा निर्वाचनमा बामदेव गौतमको मात्र नाम सिफारिस गरेपछि बामदेव गौतम बर्दियाबाट चुनाव लड्ने करिव करिव निश्चित भएको हो ।
संघको निर्वाचनका लागि बर्दियामा २ वटा निर्वाचन क्षेत्र रहेका छन् । जस मध्ये क्षेत्र नं. १ बाट बामदेव गौतमको नाम सिफारिस गरिएको छ । क्षेत्रिय कमिटिले १ जनामहिला सहित ३जनाको नाम सिफारिस गर्ने एमालेको नीति भएता पनि क्षेत्र नं. १ बाट बामदेव गौतमको नाम मात्र सिफारिस गरिएको हो । त्यस्तै नेकपा एमालेले संघको निर्वाचनका लागि क्षेत्र नं. २ बाट पंकज राठौंर, लोकमणी आत्रेय र लिला रानाको नाम सिफारिस गरिएको जिल्ला कमिटि सचिव शालिकराम अधिकारीले बताउनु भयो ।संघको निर्वाचनका लागि २ वटा क्षेत्र कायम गरिएको बर्दियामा प्रदेश सभा निर्वाचनका लागि ४ वटा क्षेत्र कायम गरिएको छ ।
त्यस्तै प्रदेशका लागि नेकपा एमाले बर्दिया क्षेत्र नं. १ को क्षेत्रिय कमिटिले कविरामथारु, खडक बहादुर खड्का र चन्दावती न्यौपाने उम्मेदवारको रुपमा सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नं. २ बाट पदम ढकाल, प्रेम पोख्रेल र शोभा ज्ञवालीको नाम सिफारिस गरिएको छ । प्रदेश सभाकालागि क्षेत्र नं. ३ र ४ मा उम्मेदवारहरुको सिफारिस १८ गते बुधबार गर्ने भएको छ ।