तुलसीपुर, १६ असोज । तुलसीपुर उपमहानगरलाई सुन्दर र हराभरा नगरका रुपमा विकास गर्ने लक्ष्यका साथमा तुलसीपुर उपमहानगरले सञ्चालन गरेको हाम्रो तुलसीपुर राम्रो तुलसीपुरको सरसफाई अभियानको ५९ औ श्रृखलामा पुर्व मन्त्री, राज्यमन्त्री,सभासद लगायतको सभागिता रहने भएको छ ।
सरसफाई अभियानमा पुर्व सुचना तथा सञ्चार मन्त्री शंकर पोख्रेल, पुर्व सिचाइ मन्त्री दिपक गिरी, श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली चौधरी, सभासद भागवत विश्वासी, अनारकली मियाँ लगायतको सहभागिता रहने सञ्चार संयोजक वसन्त विवश आचार्यले वताउनु भएको छ ।
सरसफाईप्रति आम मानिसलाई जिम्मेवार वनाउनका लागि अभियानको सञ्चालन गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले वताउनु भएको छ । तुलसीपुरको विरेन्द्र चोकबाट विहान ७ वजेदेखि सुरु हुने अभियानमा सहभागिताका लागि पनि प्रमुख पाण्डेले सवैलाई आग्रह गर्नुभएको छ ।