घोराही, १६ असोज । घोराही उपमहानगरपालिकाले घोराही ३ बेलदमारका एक घर अग्नि पिडित परिवारलाई खाद्यान्न सामाग्रि सहयोग गरेको छ । घोराही उपमहानगरपालिका ३ बेलदमारका सुके कामीको घरमा गएको १३ गते राती आगलागि हुदा सबै समानहरु जलेको थियो ।

उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, वडा नम्बर ३ का अध्यक्ष माधब चौधरी, १४ का अध्यक्ष शक्तिराम डाँगी, उपमहानगरका शाखा अधिकृत सुबोध रेग्मी सहितको टोलीले आज अग्नि पिडितलाई खाद्यान्न सामाग्रिहरु प्रदान गरेको हो ।
अग्नि पिडित कामीको परिवारलाई २५ किलो चामल, ५लिटर खानेतेल, ५ किलो आलु, ५ किलो दाल, २ किलो नुन, ५ किलो चिउरा, एक प्याकेट बिस्कुट, स्वयाबिन सहितका खाद्यान्न सामाग्रिहरु प्रदान गरिएको छ । आगोले घर जले पछि ७ जनाको परिवार त्रिपाल मुनी आश्रय लिएर बसेका छन् ।











