जाजरकोट – कुशे गाउपालिका ७, नारेकी १४ बर्षीय एलिना हमाल उपचारबाट बन्चित भएकी छन् । ब्लड क्यान्सर रोगबाट पिडित हमाल आर्थिक अभावमा उपचारबाट बन्चित भएकी हुन् ।

received_482588198781120

एलिना विगत ८ महिना देखि ब्लड क्यान्सर रोगका कारण थलिएकी छन् । गत बैशाख देखि छोरीलाई निजामती कर्मचारी अस्पताल काठमाडौंमा उपचारका क्रममा भर्ना गरकोे बुवा दीपक हमालले बताए । अस्पतालमा भर्ना गरेपनि खर्च जुटाउन नसक्दा छोरी उपचारबाट बन्चित भएको उनले बताए । छोरी विरामी भए यता स्वास्थ्य चेक जाच अन्य ६ लाख बढी खर्च भैसकेको उनले बताए । गाउमा भएको ३ कोठे घर र ५ रोपनी जग्गा विक्रीबाट ३ लाख र ऋण गरेर ३ लाख जुटाएको दीपकले बताए । छोरीको उपचार गर्दै घर जग्गा विहीन भएको उनले बताए ।

बर्षमा ६ महिना पनि खाना नपुग्ने विपन्न परिवारका दीपकलाई उपचार खर्च कसरी जुटाउने र छोरी एलिनालाई कसरी बचाउने भन्ने चिन्ताले सताएको छ ।

एलिनालाई भएको ब्लड क्यान्सर रोगको २ बर्ष सम्म उपचार गर्नु पर्ने दीपकले बताए । निजामती कर्मचारी अस्पतालका डा विशेष पौडेलले एलिनाको थप उपचारमा २० लाख खर्च लाग्ने बताएपछि आकाश खसे जस्तै भएको उनले बताए । अस्पतालका डाक्टरले २ बर्ष सम्मको उपचारपछि एलिना पुर्ण स्वास्थ्य हुने बताएका छन् । विरामी छोरीलाई काठमाण्डौं मै छाडेर उपचार खर्च जुटाउन चन्दा माग्दै हिंडेका दिपक ले सक्दो सहयोग गरिदिन सम्पुर्णमा अपिल गरेका छन। एलिना कृर्तीपुर स्थित आफन्तको् कोठा बस्दै आएकी छन् । उनी उपचारको लागि सातामा २ पटक अस्पताल पुग्ने गर्छीन् । खेती किसानी र मजुदुरी गरेर परिवार धान्दै आएका दीपकलाई २० लाख जुटाउन आकाशको फल जस्तै भएको छ ।

क्यान्सर पिडित छोरी एलिनाको उपचार खर्चका लागि सहयोग माग्दै गाउ टोल, ब्यापारी, गाउपालिका, नगरपालिका र गृह मन्त्रालयसम्म धाएपनि हालसम्म कतैबाट सहयोग प्राप्त नभएको उनले बताए । उनले छोरीको जीवन रक्षाका लागि सबैले सक्दो आर्थिक सहयोग गरि आफ्नी छोरिको जीवन बचाइदिन समेत अपिल गरेका छन।सहयोग को लागि बाबू दिपक हमाल तथा यस नम्बर (९७४८११२४०४)मा सम्पर्क गरेर सहयोग गर्न सक्नु हुने छ।साथै सिटिजन्स बैंक को ०२१००००१८६ मा समेत सहयोग गर्न सक्नु हुनेछ।