प्रतिनिधिसभासँगै प्रदेशको निर्वाचन नजिकिएपछि मुख्यमन्त्रीका दाबेदार पनि प्रकट हुन थालेका छन् । बिशेष गरेर देशका प्रमुख दलहरुले यस्ता उम्मेदवार लाई चुनावमा आफ्नी उम्मेद्वारी बनाउने निर्णय गरेकोछ ।

kp-prachanda-deuba

कांग्रेस
प्रदेश नं १
अशोक कोइराला, बलबहादुर केसी, तारामान गुरुङ, मीन विश्वकर्मा, गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा, डा। डिला संग्रौला, भीष्मराज आङदेम्बे, अमृत अर्याल

प्रदेश नं २
चित्रलेखा यादव, पद्मनारायण चौधरी, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, फरमुल्लाह मन्सुर, राधेचन्द्र यादव, अजयकुमार चौरसिया, उमाकान्त चौधरी

प्रदेश नं ३

अर्जुननरसिंह केसी, डा। प्रकाशशरण महत, नरहरि आचार्य, नवीन्द्रराज जोशी, गगन थापा, मोहनबहादुर बस्नेत, ध्यानगोविन्द रञ्जित, अम्बिका बस्नेत, महालक्ष्मी उपाध्याय

प्रदेश न ४
प्रदीप पौडेल, शंकर भण्डारी, गोविन्द भट्टराई, सुरेन्द्र पाण्डे, चिनकाजी श्रेष्ठ, कमला पन्त, धनराज गुरुङ, अर्जुन जोशी, यज्ञबहादुर थापा, ध्रुव वाग्ले, कमलप्रसाद पंगेनी

प्रदेश ५
बालकृष्ण खाण, चन्द्र भण्डारी, किशोरसिंह राठोर, देवेन्द्रराज कँडेल, दीपक गिरी, भरत साह ५ नं। प्रदेशबाट मुख्यमन्त्रीका लागि कांग्रेसका प्रमुख दाबेदार हुन् ।

प्रदेश ६
जीवनबहादुर शाही र हृदयराम थानी मुख्यमन्त्रीका मुख्य दाबेदार हुन् । त्यस्तै, राजीवविक्रम शाह, तप्तबहादुर विष्ट, ललितजंग शाही पनि चर्चामा ।

प्रदेश ७
देउवाको गृहजिल्ला डडेल्धुरासमेत रहेको प्रदेश नं। ७ बाट मुख्यमन्त्रीका लागि एनपी साउद, दिलेन्द्रप्रसाद बडू, रमेश लेखक, वीरबहादुर बलायर मुख्य दाबेदार हुन् ।

एमाले
प्रदेश नं १
सचिवद्वय योगेश भट्टराई र भीम आचार्य तथा पोलिटब्युरो सदस्यद्वय लालबाबु पण्डित र शेरधन राई मुख्य दाबेदार ।

प्रदेश नं २

सत्यनारायण मण्डल, नागेन्द्र चौधरी र रघुवीर महासेठ प्रदेश नं। २ बाट मुख्यमन्त्रीका लागि एमालेका मुख्य दाबेदार

प्रदेश नं ३
अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईं, सानु श्रेष्ठ । सर्वसम्मति दिएमा मुख्यमन्त्रीको उम्मेदवार हुने राजेन्द्र पाण्डेको तयारी ।

प्रदेश नं ४
सचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य किरण गुरुङ र केन्द्रीय सदस्य तथा सांसद रवीन्द्र अधिकारी

प्रदेश नं ५
विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, बैजनाथ चौधरी, दलबहादुर रानामगर

प्रदेश नं ६
प्रकाश ज्वाला, यमलाल कँडेल र गोरखबहादुर बोगटी मुख्यमन्त्रीका चर्चामा छन् ।

प्रदेश नं ७
पार्टी उपाध्यक्ष भीम रावल मात्र होइन, नेता कर्णबहादुर थापा र भानुभक्त जोशी पनि मुख्यमन्त्रीको दाबेदार छन्

माओवादी
प्रदेश नं १
माओवादी प्रदेश नं। १ को विस्तारित बैठकले मुख्यमन्त्रीको उम्मेदवारका रूपमा गोपाल किरातीलाई सर्वसम्मत सिफारिस गरेको नेता हेमराज भण्डारीले बताए ।

प्रदेश नं २

प्रदेश नं। २ को मुख्यमन्त्रीमा माओवादी उम्मेदवारको रूपमा मातृका यादव, रामचन्द्र झा, उर्मिला अर्याललगायतको नाम चर्चामा छ ।

प्रदेश नं ३

प्रदेश नं। ३ को विषयमा माओवादीले कुनै निर्णय गरेको छैन । केही दिनमा बस्ने प्रदेश बैठकले प्रतिनिधिसभा र प्रदेश सभामा उठ्ने नेतासँगै मुख्यमन्त्रीको टुंगो लगाउनेछ ।

प्रदेश नं ४

प्रदेश नं। ४ को विस्तारित बैठक ७ असोजमा बस्दै छ । सो बैठकले सम्बन्धित जिल्लालाई प्रतिनिधिसभा र प्रदेश सभामा उठ्ने नेतासँगै मुख्यमन्त्रीको सिफारिस गर्न सक्नेछ ।

प्रदेश नं ५

पार्टीका शीर्ष नेता कृष्णबहादुर महरा, वर्षमान पुन, टोपबहादुर रायमाझी, जनार्दन शर्माको प्रदेश हो । अहिलेसम्म कुलप्रसाद केसीले दाबी प्रकट गरेका छन् ।

प्रदेश नं ६

सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले मुख्यमन्त्रीमा इच्छा देखाएका छन् । त्यस्तै, जुम्लाका पूर्वसभासद् नरेश भण्डारीको नाम पनि चर्चामा छ ।

प्रदेश नं ७

प्रदेश नं। ७ मा कुनै पनि नेताले खुलस्त दाबी गरेका छैनन् । गत साता बसेको प्रदेश बैठकले संघ र प्रदेशका लागि समानुपातिक उम्मेदवार सिफारिस गरेको छ ।