नेपालगञ्ज, ८ असोज । नेकपाका केन्द्रीय नेता अशोक रोकाय, नयाँ शक्तिका केन्द्रीय नेता दुर्गाबहादुर थारु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुसहित १८७ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । रोकाय पूर्व सभासद पनि हुने भने थारु पूर्व डिभिजन सहायक कमाण्डर हुन् ।

unnnnकार्यक्रममा राजपाका नेता एवं गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार त्रिवेणी कुर्मी, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य मुवारक शेष लगायतको टिम माओवादी केन्द्रमा प्रवेश गरेको हुन्। कार्यक्रममा नयाँ शक्ति, राजपा, नेपाली कांग्रेस, नेकपा एमाले, संघीय फोरम, नेकपा ९विप्लव समूह० लगायतबाट नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन्।

सो अवसरमा पूर्व सभासद रोकायले क्रान्तिको अभिभारालाई सम्झेर आफू माओवादी केन्द्रमा आएको बताए । कार्यक्रममा अध्यक्ष प्रचण्ड, नेता वर्षामान पुन लगायतका नेताहरुले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए ।