इन्द्रेणी संवादाता
जेष्ठ ३२ रुकुम
गरिबलाई दशैदशा भने झै रुकुमकी एक बालिका क्यान्सर रोगले पीडित भएकी छन् । आर्थिक विपन्नताले ग्रस्त वली परिवार उपचार गराउन सक्ने हैसियतमा छैन ।विपन्नताको शिकार त छ छदै छ क्यान्सर जस्तो जटिल रोगले थलिएपछि उनको घर परिवारमा थप संकट थपिएको छ ।
तर गरिबी र रोगले हेला गरेपनि दानी मनहरुले वलीको उपचार गर्न कस्सिएका छन् ।विदेशी भूमिमा पसिना बगाइरहेका दानी यूवाहरुले वलीको ज्यान बचाउन सहयोग अभियान नै संचालन गरेका छन् । अभियान संचालनपछि वली परिवारमा केही आशा पलाएको छ ।
निर्मला बचाउ अभियान संचालनपछि उनको पीडालाई केही राहत हुने भएको छ । मलेसियामा बसेर पसिना बेचीरहेका यूवाले उनको जीवन बचाउन पहल थालेका छन् ।
उनको उपचारका लागि यूवाहरुको पहलले ५१ हजार पाँच सय सहयोग संकलन भएको अभियान्ता बिपेन उलङगले बताएका छन् ।
रुकुम मुरु गाविस २ की निर्मला वलीलाई बचाउन भन्दै यूवाहरुले फेसबुक अभियान चलाएपछि उनलाई उपचारमा राहत मिल्ने भएको हो ।
बुबा शसिराम वली र आमा देउमाया वली परिवार निर्मलाको उपचार गराउन सक्ने अवस्थामा छैन । विपन्नताको शिकार त छदैछ त्यसैमाथि क्यान्सर आइलागेपछि उनीहरुमा थप समस्या बल्झिएको हो । निर्मला बचाउ अभियानले केही आर्थिक सहयोग जुट्न थालेपछि वली परिवारको संकटमा केही राहत भएको छ ।
मखमली यूवा क्लव मुरु २ रुकुम, मलेसियामा कार्यरत बसन्त मगर र यूवा बिपिन उलङगेको सामाजिक संजाल अभियानमार्फत सहयोग संकलन भएको हो ।
अभियानमा बिपेन उलङगे, इन्द्र पुन रुकु, नारायण प्रसाद गिरी सल्यान त्रिवेणी, धनबीर रोका रुकुम, बिष्फोट मगर रुकुम, खड्का नन्दराम रुकुम,मोहन ददेल रुकुम, अबिनाश सिर्पाली रुकुम, ललित सिर्पाली रुकुम, जेबी दर्लार्मी अर्घाखाँची , गोपाल वली रुकुम,रोहित पागल प्रेमी कैलाली, राजेन्द्र वली रुकुम, विवेक विष्ट रुकुम, डिल्ली चन्द सल्यान, दिवेश बाँठा रुकुम, दियम सुवास धनकुटा, दिपक तिवारी पर्वत, झुपाल विरही रोल्पा, मनोज बाँठा, रुकुम, आकाश कान्छा अविरल रोल्पा, बिजय बिसी रोल्पा, लिलाधर सुनार रुकुम, भरत राजवंशी मोरङ र जीवन पुन रुकुम रहेका छन् ।
संकलित रकम स्थानीय निकाय प्रतिनिधी राजनीतक दल क्लव लगायतको रोहबरमा हस्तान्तरण गरिने अभियान्ता बिपीन उलङगले बताएका छन् ।