इन्द्रेणी संवाददाता
रामेछाप ६ असोज । दशैं तिहार जस्ता महान चाड नजिकिदैं गर्दा रामेछापमा भने दशा लागेको छ। रामेछापको बाबियाखर्कमा यात्रुबहाक बस दुर्घटना भएर बिपत परेको हो ।
बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । रामेछापबाट काठमाडौं आउँदै गरेको बा. २ ख ६३७२ नम्बरको बस बाबियाखर्कमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
