तुलसीपुर,६ भदौ । दाङको तुलसीपुरमा पौने करोडको लगानीमा होम डेकोर संचालनमा आएको छ । युवा व्यवसायी प्रमोद बस्नेतले तुलसीपुर ९ दोघरेमा पौने करोडको लगानीमा पब्लिक होम डेकोर एण्ड सप्लायर्स संचालनमा ल्याउनुभएको हो । उहाँले अत्याधुनिक र नयाँ डिजाइनका होम डेकोरका समाग्री बिक्रि बितरण सुरु गरेको बस्नेतले जानकारी दिनुभयो ।

पब्लिक डेकोरमा बक्स पलङ, काठ तथा स्टिलका दराज,सोफा,पर्दा,डाइनिङ टेबल ,पर्दा लगाएतका सामग्री सुपथ मूल्यमा पाइने बस्नेतले जानकारी दिनुभयो । उक्त डेकोरको आज एक समारोहका बिच उद्घाटन गरिएको छ । डेकोरको उद्घाटन तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरु रावतले गर्नुभएको थियो ।










