संजय कुशवाहा
नवलपरासी, ३१ भदौ । नवलपरासीको प्रतापुर गाउपालिका वार्ड न ७ गुठी सुर्यपुरामा विश्वकर्मा पुजाको उपलक्ष्यमा वडा स्तरीय भलिबल प्रतियोगिता शुरू भएको छ ।
विश्वकर्मा पुजा समिति गुठी सुर्यपुराको आयोजनामा आयोजित प्रतियोगितामा करिब ४३ वटा टिम सहभागी भएको थियो ।

20170915_132248प्रतियोगिताको उदघाटन क्षेत्र न ६ का नेपाली काग्रेस सांसद देवकरण प्रसाद कलवार ( सन्तु) ले गरे । खेलको उदघाटन क्रममा सांसद कलवारले यश क्षेत्र विकास निर्माणका लागि आफू सदैव अगाडि रहान बिचार राखे ।यस क्षेत्रका आर्थिक,सामाजिक ,शैक्षिक ,बिकासका लागि गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे।

यस पुरूष भलिबल प्रतियोगिता कार्यक्रममा प्रतापुर गाउपालिका का प्रमुख राजकुमार शर्मा,जिल्ला उखु उत्पादन समितिका अध्यक्ष उमेश चन्द्र यादव ,नेपाली काग्रेस जिल्ला महिला अध्यक्ष बिमला न्योपाने,गण्डक नियन्त्रण संघर्ष समितिका सचिव दुधनाथ गुप्ता ,हरेन्द्र यादव ,कादिर अलि अन्सारी ,ब्यासमुनि कुशवाहा लगाएको अतिथ्यतामा कार्यक्रम हरेन्द्र कुमार चौधरीले संचालन गरेका थिए ।

आयोजकले दिएको जानकारी अनुसार यश भलिबल प्रतियोगितामा प्रथम टिमलाई १० हजार नगद सहित प्रमाणपत्र दृतिय लाई ६ हजार नगद सहित प्रमाणपत्र र तृतीय ल्याउने टिमलाई ४ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने छ ।