इन्द्रेणी संवाददाता
कावासोती, २९ भदौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट जनपरिषदले नबलपरासीका मालपोत अधिकृत खगेन्द्रराज घिमिरेमाथि कालो मोसो दलेका छन् ।
घिमिरेले विभिन्न कृतेका म गरेको भन्दै कार्यकक्षमा नै कालोमोसो दलिएको बताइएको छ । परिषदले निकालेका विज्ञप्तिमा अधिकृत घिमिरेले विगतमा सुकुमवासी आयोगले दिएको जग्गामा कृते प्रमाण खडा गरी कृते श्रेष्ता बनाइ सो वाफत लाखौ रकम ठगी गरेको, कालोपत्रे भएको सडकमा कच्ची भएको र कच्ची सडक भएकोमा सडक नै नभएको भनेर रजिष्टेशन गराएर त्यसबाट आउने रकम आफूले असुलेकोलगायतका ६ बटा बुँदागत रुपमा आरोप लगाइएको छ ।