नारायणपुर, २८ भदौ । नारायणपुर उद्योग वाणिज्य संघको यही भदौ ३१ गते हुने निर्वाचनकालागि प्रजातान्त्रिक व्यवसायिक प्यानलले प्रचारप्रसार एवं घरदैलो सुरु गरेको छ । निर्वाचन समितिले चुनाव चिह्न दिएसँगै प्रचारप्रसार सुरु भएको हो ।
प्रचारप्रसार समितिका संयोजक प्रकाशकुमार न्यौपानेको नेतृत्वसमा अध्यक्ष पदका उमेद्वार महेन्द्रकुमार दाहालसहित सम्पूर्ण उमेद्वारले घरदैलो सुरु गरेका हुन् ।
डुरुवाको कोठरीबाट सुरु भएको घरदैलो एवं प्रचारप्रसार कार्यक्रम कोठरी कर्मटिया, ढिकपुर, कटुकी, दुुन्द्रा, बनगाँउ लगायतका क्षेत्रमा भएको उद्योग उपाध्यक्ष पदका उमेद्वार अभियान बस्नेतले जानकारी दिए।
व्यापारी मतदाताहरुसँगको भेटमा मतदाताहरुले आफूहरुले भोग्नुपरेको समस्याको बारेमा जानकारी गराउदै समस्या समाधान गरिदिनुहुन अनुरोध गरेका थिए । साथै उनीहरुले प्रजातान्त्रिक व्यवसायिक प्यानलका उमेद्वारहरु सक्षम एवं कर्मठ भएकाले विजयी हुने बताएका थिए ।