सप्तरी, २८ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदका सपना पूरा नहुँदासम्म लडाइ जारी रहने बताएका छन् ।

chaudhariसप्तरीमा आज बुधवार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले दश वर्षीय जनयुद्द र मधेशलगायत अन्य आन्दोलनमा सहीद भएका हज़ारौ नेपालीहरूको रगतको बलिदानले अहिलेको उपलब्धि हासिल भएको उल्लेख गर्दै उनीहरुका सपना पुरा नहुँदासम्म लडाइ जारी रहने बताइएका हुन् ।

सो अवसरमा सप्तरी ज़िल्लाको शम्भूनाथ नगरपालिकास्थित खोकसर परवाहामा निर्माण गरिएको सहीद गोविन्द चौधरी दीपु को शालिक अनावरण गरेका थिए ।

‘हज़ारौको सहादतले गणतंत्र नेपालको स्थापना भाएको छ । स्थानीय जनताले आफ्नो सरकार आफ़ै चुन्न सक्ने अवस्था सिर्जना भएको छ ।’ प्रचण्डले भने, ‘तर अझै धेरै गर्न बाँकि छ । परिवर्तनका उपलब्धिहरू संस्थागत गर्ने चुनौती छ ।’ उनले सहिदका सपना पूरा गरेरै छोडने दावी गरे ।