दाङ २८ भदौ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापिठ मूल इकाई समितिले नयाँ विद्यार्थीलाई स्वागत तथा दशैको शुभकामना आदान प्रदान गरेको छ । सोमवार एक कार्यक्रमको आयोजना गरि नयाँ विद्यार्थीलाई स्वागत गर्नुका साथै दशैको शुभकामना आदानप्रदान गरेको हो ।

21742151_1992024444360140_1759624212_oनेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठि मूल इकाई समतिको आयोजनामा भएको कार्यक्रम कार्यवाहक स्ववियू सभापति विष्णु चौधरीको प्रमुख आतिथ्यता र अध्यक्ष तिर्थराज अधिकारीको अध्यक्षतामा भएको थियो । सो अवसरमा वोल्दै चौधरीले विद्यार्थीको हकअधिकारका लागि स्ववियू र आफू सधैँ लडदै आएको भन्दै यसलाई निरन्तरता दिनु वताए ।

यसैगरी चौधरीले शिक्षा क्षेत्रमा देखिएका विकृति विसंगतिहरु हटाउनका लागि वर्तमान शिक्षा प्रणालीमा आमूल सुधारको खाँचो रहेको वताएका थिए । सो अवसरमा विशिष्ट अतिथि अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य दुर्गा वि.क., जिल्ला कार्यलय सदस्य सुवास वस्नेत, सोभित घर्ति, इकाई समिति सचिव गणेश चौधरी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

जिल्ला आयोजक सदस्य प्रमिला अधिकारीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण सदस्य कृष्ण रिजालले गरेका थिए ।