भदौ २५, चन्द्रपुर, रौतहट। पूर्व प्रधानमन्त्रीएवं माओवादी केन्द्रकाअध्यक्ष प्रचण्डले जनताको भोट पैसामाकिनेर चुनावजित्नेहरुले चुनावपछि भ्रष्ट्राचार मात्रगर्ने बताउनु भएको छ।
आइतबार रौतहटको चन्द्रपुरमाआयोजितचुनावी सभामाबोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “जनमतबाट डराएपछि भ्रष्टहरु पैसा बाँडेर चुनावजित्ने सपना देखेका छन्। यहाँपनिभोजभतेर गरेर, पैसा बाँडेर चुनावजित्नखोजेको सूचनाआएको छ। उनीहरु अहिले पनिजनतालाई मान्छे ठान्दैनन्। पैसा बाँडेर चुनावजितेपछि उनीहरुले जनताको कामगर्दैनन्, त्यो बाध्यतापनिहुँदैन, उनीहरुको काम त भ्रष्ट्राचार गरेर आफ्नो लगानी उठाउनु, देशलाई लुट्नु मात्र हुन्छ ।’’
“बैशाख ३१ गते नै सबै ठाउँमा चुनावगर्न सकिन्थ्यो । तर, हामीले त्यसो गरेनौं’’, प्रचण्डले थप्नुभयो, “एकै चरणमा चुनाव गरेको भएमधेशमा धेरैको रगतबग्थ्यो, धेरैलाई जेल हाल्नपथ्र्यो । म जनतालाई गोली ठोक्ने, जेल हाल्ने पक्षमाथिइनँ। देशलाई शान्ति, स्थीरता र विकासको दिशामालानचाहन्थें, त्यसैले चरण चरणमा चुनावगरियो ।’’
आइतबार बिहानअध्यक्ष प्रचण्डले चन्द्रपुरकै ३ स्थानीयचुनावी सभालाई सम्बोधनगर्नुभयो। कार्यक्रममाचन्द्रपुर नगरपालिकाका मेयरकाउम्मेदवार युवराज भट्टराई, उपमेयरकाउम्मेद्वार जानकी नेपाललगायतकावक्ताहरुले नगरको विकासबारे आफ्नो धारणा राखेकाथिए।
