भदौ २५, सर्लाही । पूर्वसांसद एवं राजपाका स्थापित नेताशिबपुजनयादवको नेतृत्वमा राजपाकातीन केन्द्रीय सदस्य र १४ जनापूर्व गाबिस अध्यक्षसहित७२००जना नेताकार्यकर्ता आइतबार माओवादी केन्द्रमाप्रवेश गरेका छन् । आइतबार दिउँसो सर्लाहीको बजिरा नगरपालिकामाआयोजितकार्यक्रममाउनीहरु माओवादी केन्द्रमाप्रवेश गरेकाहुन् ।
कार्यक्रममा नेतायादव, राजपाका केन्द्रीय सदस्यहरु रामबाबू दास, रामएकवाल राय, राजपाजिल्लाउपाध्यक्ष महेन्द्र प्रसादयादव, क्षेत्रीय सभापतिहरु अनिलकुमार सिंह, अनितादेवीयादव, विश्वमोहन सिंह लगायतका नेताहरुको नेतृत्वमा७२००जना नेताकार्यकर्ता माओवादी केन्द्रमाप्रवेश गरेकाहुन् । उनीहरुलाई माओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्ड, गृहमन्त्रीएवं माओवादी नेताजनार्दन शर्मा प्रभाकर, नेताहरु मातृकायादव, रामेश्वर राययादवले माओवादी केन्द्रमा स्वागतगर्नुभएको थियो ।
गणतन्त्र नै गुम्ने खतरा थियो, ‘प्रचण्ड’
कार्यक्रममाबोल्दै माओवादी केन्द्रकाअध्यक्ष‘प्रचण्ड’ले आफूहरुले पूर्ण संविधानखोजेको भए गणतन्त्र नै खत्तमहुने खतरा रहेको बताउनु भयो। प्रचण्डले भन्नुभयो, “अहिलेको संविधान पूर्ण छैन, अहिलेको संविधानमाहाम्रो पनिनोट अफ डिसेन्ट छ। महिलाकाअधिकार, दलितकाअधिकार, मधेशीकाअधिकार पूर्ण रुपमा संविधानमा समेटिएका छैनन्। हामीले अन्तिमसम्मकोशिस गर्यौं। तर, संसदमाहाम्रो अंकगणित तेस्रोमाथियो, त्यसैले हामीले सम्झौताको संविधानबनायौं ।अहिलेको संविधानप्रगतिशील छ। हामीले पूर्ण अधिकार सहितको संविधानमा अडान लिएको भएकांग्रेसएमाले मान्ने पक्षमाथिएनन्, गणतन्त्र नै गुम्ने खतरा हुन्थ्यो ।’’
“माओवादीकुनै क्षेत्रीयवा समुदायविशेषको राष्ट्रवाद मान्दैन, काठमाडौं बनाउनमधेशीको श्रम छ, मधेशमा काठमाडौं र पहाडको पसिना छ, प्रचण्डले थप्नुभयो, “कुनै समुदायविशेषको अहङ्कारलाई हामी राष्ट्रवाद मान्न सक्दैनौं, हामी पहाड र मधेशकानाममागरिएको नश्लवाद र पृथकतावादमान्दैनौं। हामीहिमाल, पहाड र मधेश मिलेको, सबैको समानअधिकार भएको देश र प्रगतिशील राष्ट्रवाद स्थापितगर्न चाहन्छौं ।’’कार्यक्रममा गृहमन्त्रीजनार्दन शर्मा, माओवादी नेतामातृकायादव, रामेश्वर राययादवलगायतका नेताहरुले बोल्नुभएको थियो ।