साउदी, २४ भदौ । गैरआवासी नेपाली संघ वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिका संयोजक धर्म केसीले आफूलाई केही मेनपावरसँग मिलेर नेपाली फ्री भिसा पाकिस्तानीलाई वेचेको आरोप कपोकल्पीत भएको बताएका छन् ।

dharam kc

संयोजक केसीले इन्द्रेणी अनलाइन डटकममा आएको समाचारलाई खण्डन गर्दै यो आरोप कपोकल्पीत र आफ्नो चरित्र हत्या गर्ने मनसायले समाचार बनाएको खण्डन गरेका छन् । उनले यस्ता भ्रमात्मक र कपोकल्पीत समाचारको पछि नलाग्न समेत आग्रह गरेका छन् ।

संयोजक केसीले गरेको खण्डनको सम्पादित अंश

‘दलालहरूका पनि दलालहरूलाई चिनौं र दण्डित गरौं’
केही दिन यता एनआरएनएको कोष हिनामिना गरेकोमा संस्थाको साधारण सदस्यताबाटै निस्काशित एक ब्यक्ति र त्यस्तै अर्काे संस्थाको पनि कार्बाहीमा परी सार्बजनिक कार्यक्रममा धेरैका अगाडी झापड नै खाएका अर्का ब्यक्ति दुबैले एनआरएनए साउदी, नेपाली राजदूतावास र बिशेषगरी नव नियुक्त राजदूत र मलाई बिवादमा तान्ने कुचेस्टा लेखन तथा पत्रकारिताका आधारभूत मूल्य र मान्यता कै समेत उलंघन गर्दै अत्यन्तै निकृष्ट र घटिया शैलीमा कथित एनए मिडिया र फेसबुकमा प्रस्तुत भएका छन् ।

आज मुलतः तिनै बिषय बस्तुहरूलाई नै एनए मिडियाले समाचार बनाए छ । एनए मिडियाले मैले दिनेश साहु र कमल खरेलसंग म्यानपावरको कारोबार गर्ने गरेको र आफूं कार्यरत कम्पनीमा यिनै दलाल र ब्यवसायी मार्फत नै म्यानपावर आपूर्ति गर्ने गरेको र कमिशन लिने गरेको उल्लेख गरेको छ । म यो मिडियालाई २४ घण्टाभित्र मैले यी दलालहरूसंग कहिले के कस्तो कारोबार गरे ? यीनीहरूबाट म कार्यरत कम्पनीमा कति जना नेपाली आए ? मैले कति कमिशन लिए ? सप्रमाण जबाफ दिन माग गर्दछु ।

यथार्थमा दिनेश साहु म एनआरएनए एनसिसी साउदीको अध्यक्ष रहंदा उनी सदस्य थिए, त्यतिखेर उनी पनि मजस्तै रोजगाररत कामदार नै थिए । पछि उनी म्यानपावर कम्पनी सञ्जालक बनेपछि उनीसंग बर्षौं यता मेरा सामान्य सम्वादसम्म पनि भएका छैनन । उनले पीडित बनाएका २ जना कामदारहरूको उद्धारका लागि उजुरी दिन मैले पीडितहरूलाई सघाएको थिएं । यस अर्थमा उनी पछिल्लो समयमा नेपाली कामदारहरूका लागि एक पीडक हुन । उनीसंग न त मैले भनिए जस्तो कुनै म्यानपावरको कारोबार गरेको छु, न त एक जना पनि म कार्यरत कम्पनीमा यी दलालबाट कुनै कामदार आएका छन ।

यो पनि पढ्नुहोस्

नेपालीको फ्री भिसा पाकिस्तानीलाई बेचियो

http://indrenionline.com/2017/09/09/35482/