इन्द्रेणी संवाददाता
दाङ २४ भाद्र । दाङ घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा संचालन गर्न थालिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक तयार परि प्रक्रिया अगाडी बढाउन नेपाल सरकारले दाङका नेता जीवन गौतमलाई सहजकर्ताको जिम्मेवारी दिएको छ ।

jeewan gautam

स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले मन्त्रीस्तरीय निर्णयबाट नेकपा माओवादी केन्द्र दाङका इञ्चार्जसमेत रहेका गौतमलाई यो कामका लागि मन्त्रालयको प्रतिनिधिका रुपमा तोक्नुभएको हो । गौतम लामो समयदेखि अस्पतालको स्तरबृद्धिहुँदै स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनका लागि लागिरहनुभएको छ ।

सहजकर्ताको औपचारिक पत्र पाएका जीवन गौतम अनौपचारिक रुपमा भने यस अघिबाट नै स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाउने काममा लागिरहेको र अब झनै जिम्मेवारी अनुसार लगातार खट्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले मुर्तरुप पाउने आशा दंगाली जनताले गरेका छन् । सरकारले आधिकारिकरुपमा सहजकर्ता अहिले तोके पनि आफूले लामो समयदेखि यसमा काम गरिरहेको गौतमले जानकारी दिनुभयो ।