राप्ती क्षेत्रको सर्वाधिक लोकप्रिय एवं प्रतिष्ठित खुल्ला नृत्य प्रतियोगिता उत्सर्ग डान्सिङ स्टार ४ को शुक्रबार भालुबाङमा भएको अडिसनमा ५१ जना नृत्य प्रतिभाहरुले भाग लिएका थिए भने दोस्रो राउण्डका लागि ३४ जना छानिएका छन् ।

21476133_1601529559897428_2146272053_n

देउखुरी भ्याली स्कूलका प्रिन्सिपल शोभाकर भूसालको अध्यक्षता तथा मावी कालाकाँटेका सहप्रधानाध्यापक भानु जीएमको प्रमुख आतिथ्यतामा भएको सो प्रतियोगिताबाट दोस्रो राउण्डका छानिएकाहरुमा रिया राना, सोनिया निशा, आम्दा आले, उषा के एम, कृतिमा घर्ती, कृति रखाल, लिला पुन, स्नेहा केसी,सुदिक्षा सिंह, चाँदनी विक, शुष्मा खत्री,अर्जुन रोका, विपना शाही, एलिशा पुन मगर, सन्ध्या पुन, रिना पुन मगर, उमा बुढा मगर, ममता मगर, मैना सुनार, आयसा श्रेष्ठ, एलिशा बेलबासे, जेनिसा विस्ट, समिक्षा रोका, रेखा थापा, सुहाना निशा, इशा जीएम, एकता केसी, रश्मि पुन, सपना सुनार, इन्दु पौडेल, सुष्मा आले, सर्मिला सोती, बिना पुन मगर र मुना जीएम रहेका छन् ।

प्रतियोगिताको निर्णायककमा अभिनेत्री एवं नृत्य प्रशिक्षक अनिता महतारा र साहित्यकार एवं अभिनेता छबिलाल चौधरी हुनुहुन्थ्यो । कार्यक्रमको सहजीकरण शिक्षक गोबिन्द शर्माले गर्नुभएको थियो ।