बिमल गौतम
तुलसीपुर ,२४ भाद्र । अतिरिक्त क्रियाकलापले बालबालिकाहरुको चौतर्पिm बिकासमा सहयोग पुग्ने आज तुलसीपुरमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन । राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारि एन प्याव्सन दाङले तुलसीपुरमा आयोजना गरेको जिल्ला स्तरिय हाजिरि जवाफ प्रतियोगिताको समापनका अवसरमा बोल्ने बक्ताहरुले त्यस्तो कुरा वताएका हुन । सहभागि बत्ताहरुले बालबालिकाहरुलाई पठन पाठन बाहेक अन्य क्रियाकलापहरुमा सहभागि गराउदा उनीहरुको ब्यक्तित्व बिकास हुने समेत बताएका थिए । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एन प्याव्सनका केन्द्रिय सचिव सुवोध कुमार डागिले बिभिन्न खाले अतिरिक्त क्रियाकलापले बालबालिकाहरुको सिकाई उपलव्धी बढने भन्दै कार्यक्रम आयोजना गरेकोमा एन प्याव्सनको प्रशंसा समेत गर्नुभयो । खेलकुद लगाएतका बिभिन्न अतिरिक्त क्रियाकलाप गरि बालबालिकाहरुलाई सहभागि हुने अवसर प्रदान गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
कितावि ज्ञानले मात्रै बालबालिकाहरुको चौतर्फि बिकास नहुने भन्दै डागिले अतिरिक्त क्रियाकलापहरुको आयोजना गरि बालवालिकाहरुलाई सहभागि हुने अवसर प्रदान गर्न बिद्यालयहरुलाई आग्रह समेत गर्नु भयो । सवै बालवालिकाहरु पढाईमा अव्वल हुन नसक्ने भन्दै उहाँले अतिरिक्त क्रियाकलापको माध्यमबाट बालबालिकाहरुको रुचि र चाहना पत्ता लगाई सोहि अनुसारको पठन पाठन गरे मात्रै योग्य बिद्यार्थि उत्पादन हुने बताउनु भयो । एन प्याव्सन दाङका सहसचिव एव कार्यक्रम संयोजक लोकेन्द्र खडकाकोे स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा एन प्याव्सनका केन्द्रिय सदस्यद्धय प्रेम नेपाली , गुणाखर ढकाल , एन प्याव्सन दाङका सल्लाहकार राजेन्द्र कुमार पाण्डे लगाएतले बोल्नु भएको थियो । औपचारिक कार्यक्रमको संचालन एन प्याव्सन दाङका सचिव ठाकुर डागिले गर्नु भएको थियो भने धन्यबाद उपाध्यक्ष भोजराज न्यौपानेले गर्नु भएको थियो ।
यसैविच हाजिरि जवाफ प्रतियोगितामा ज्ञान ज्योति सेकेन्डरि स्कुल तुलसीपुर प्रथम , हाईलाईट ईगलिश स्कुल घोराहि ५ द्धितिय , राप्ति बाल एकाडेमि तुलसीपुर तृतिय र जनप्रिय ईगलिश स्कुल तलसीपुर २ बालापुर सान्त्वना भएका छन । प्रतियोगितामा प्रथम , द्धितिय , तृतिय र सान्त्वना हुने बिद्यालयहरुलाई क्रमस ५ हजार , ४ हजार , ३ हजार र २ हजार नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसैगरि सोहि अवसरमा एन प्याव्सन दाङको नयाँ कार्य समितिले चयन गरेका सल्लाहकारहरु सुवोध कुमार डागि , सुरेन्द्र जिसि , राजेन्द्र कुमार पाण्डे , गुणाखर ढकाल र प्रेम नेपालि लाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । बिभिन्न चरणमा संचालन गरिएको हाजिरि जवाफ प्रतियोगितिाको संचालन ज्ञान ज्योति स्कुलका शिक्षक सुदिन भण्डारि र छात्रा समिक्षा एम सिले गर्नु भएको थियो ।
