साउदीअरब,२४ भाद्र । गैरआवासिय नेपाली संघको बैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिका संयोजकले कमिशनको खेलमा नेपाली मजदुरहरुको फ्रि भिसा पाकिस्तानी एजेन्टलाई बेचेर खाइदिएका छन् ।

साउदी अरबको अब्दुल रहमान अल बदर सन्स कम्पनीमा कार्यरत पूर्व गैर आवासीय नेपाली संघ साउदी अरबका अध्यक्ष र कल्याण समितिका संयोजक रहेका धरम केसीले २०१३ बाट नेपाल नपठाई पाकिस्तानी एेजेन्टलाई बेचिरहेको तथ्य पत्रकार महेश श्रेष्ठले खुलासा गरेपछि केसीको समाजसेवी अनुहार उदांगो भएको हो ।

saudiarebiya

कम्पनीका तर्फबाट कामदार छनौट गर्ने विश्वास र जिम्मेवारी पाएका केसीले २०१३ अघि नेपालबाट दुई पटक नेपाली कामदार ल्याएका थिए । कम्पनीले फ्रि भिसा दिएको भएपनि मेनपावर कम्पनीसंग मिलेर नेपाली कामदारहरुबाट उनीले रकम अशुलेका थिए । केसीले नेपालमा अन्नपूर्ण ईन्टरनेशनल प्रा‍लिका दिनेश शाहु र कमल खरेलसंग कारोबार गर्ने गर्थे पछि कमिशनमा कुरा नमिलेपछि नेपालमा भिसा नै पठाउन बन्द गराए ।

साउदी अरबमा रहेका पत्रकार श्रेष्ठलाई २०१४ जुलाई ७ मा केसीले लेखेको पत्रमा “साउदीबाट नेपाल जाने भिषा फ्री भएको तर पाकिस्तान जाने भिषाहरू चैं म्यानपावर एजेन्टले किनेर लाने गरेका छन ।” कम्पनीमा आवश्यक कामदार कहाँका ल्याउने भन्ने सम्बन्धमा निर्णय गराउन सक्ने हैसियत भएका केसीले कमिशनकै कारण नेपाली

कामदार नल्याई पाकिस्तान बंगलादेशी फिलिपिन्स लगायतका मुलुकका ल्याउनमा चाख दिए ।
केसीले आफ्नो कम्पनीको फ्रि भिसा नेपालमा नल्याई मेनेजरसंग मिलेर अन्य मुलुकका एेजेन्टलाई बिक्री गर्ने गरेको र सो रकम साउदीकै रियाद बैंकमा जम्मा गराउन लगाएर बाँडेर लिने गरेका छन् ।

साउदी अरबमा २५ वर्ष बिताई सकेका केसी सोलिडारिटी ट्रष्ट नेपालबाट २०७१ मा ‘उत्कृष्ट एनआरएन’ घोषित भएका व्यक्ति पनि हुन् । बाहिर अनुहार वैदेशिक रोजगारमा आएका नेपालीहरुको हीतमा समर्पित देखिएका केसी व्यवहारमा भने नेपालीहरुले पाउने फ्रि भिसा अन्य राष्ट्रका मेनपावर एेजेन्टलाई बेचेर नेपालीहरुको पेटमा लात हान्ने निकृष्ट दलाल भएको पुष्टि भएको छ । २०१३ पछि केसीको कम्पनीबाट नेपालमा एउटा पनि भिसा पठाइएको छैन । केसीले पटकपटक फ्रि भिसा कम्पनीका मेनेजरसंग मिलेर पाकिस्तानी एजेन्टलाई बेच्दै आएका छन् ।

गैरआवासिय नेपाली संघको बैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिका संयोजक रहेका केसी नेपाल सरकारले नेपाली कमदारहरुका लागि तोकिदिएको न्युनत्तम पारिश्रमिकको विरोधी रहेका छन् । जबकि विश्व मै श्रमिक निर्यात गर्न प्रख्यात फिलिपिन्स र भारतले धेरै वर्षअघिदेखि कामदारहरुको न्युनत्तम पारिश्रमिक तोकी दिएका छन् । सो न्युनत्तम पारिश्रमिक भन्दा कममा कामदार स्वीकृति नै दिदैनन् । अर्कोतर्फ अन्तर्राष्ट्रिय श्रम संगठन क्ष्ीइ का अनुसार कुनै पनि श्रमिकहरुका लागि कम्तीमा आधारभूत आवश्यकता पूरा हुनेसम्मको पारिश्रमिक तोकिएकै हुनु पर्दछ । कल्याण समितिका संयोजक रहेका केसी सामन्तकालिन अवस्थामा जस्तो मालिक र कामदारको सहमतिमा सोझासिधा नेपालीहरुलाई फकाएर हाटबजारबाट ूकमलरीू जस्तो ल्याउन दिनु पर्छ भन्छन् ।

त्यसैगरी विभिन्न कारणले पक्राऊ र जेल परेका नेपालीहरु सबै अपराधी हुन भन्छन् र आजसम्म उनीले न्याय दिलाउन पहलकदमी त परै जावोस् जेलमा रहेका नेपालीहरुको हितमा एक शब्द पनि बोलेका छैनन् । साउदी अरबको जेलमा कति नेपालीहरु छन् भन्ने तथ्यांकको खोजीमा ढिलाई र उनीहरुको उध्दार हुन नसक्नुमा केसी र उनको संगठन एनआरएनएको वेवास्ता हो पत्रकार श्रेष्ठको दावी छ ।

संयोजक केसीलाई विगत चार वर्षबाट नियाली रहेका पत्रकार श्रेष्ठका अनुसार केसी आत्मकेन्द्रित र वैदेशिक रोजागरमा रहेका आम प्रवासी नेपालीहरुको हीत विपरित संचालित भएको पाईएपछि यी तथ्य सार्वजनिक गरिएको हो ।