काठमाडौं, २२ भदौ । शिक्षामा प्रारम्भिक तह देखि विश्वविद्यालय तह सम्म ठोस नीति, कार्यक्रम र संगठन तर्जुमा गर्न उच्चस्तरीय शिक्षा आयोग गठन भएको छ ।

Untitled-1

गत भदौ १९ गते सम्पन्न मन्त्रिपरिषद्को बैठकले उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा शिक्षा आयोग गठन गर्ने निर्णय गरेको हो । नव गठित आयोगमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झा, पूर्वशिक्षामन्त्री डा गंगालाल तुलाधर र धनीराम पौडेल, सांसद्हरु जीवन परियार, उमेश श्रेष्ठ, गीता राणा, डा शिवजी यादव, जंगीलाल राय यादव, रुक्मिणी चौधरी, शिक्षाविद् केदारभक्त माथेमालगायत हुनुहुन्छ ।

आयोगमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य, विभिन्न विश्वविद्यालयका उपकुलपतिहरु सदस्य हुनुहुन्छ भने केही सदस्य मन्त्रालयले पछि मनोनयन गर्नेछ ।
आयोगले पाँच महिनाभित्र संघ, प्रदेश र स्थानीय तहकाका अनुकूलका शिक्षा नीति, कार्यक्रम र संगठन, स्वरुप एवं सुधारसम्बन्धी प्रतिवेदन दिनेछ ।