मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले ३ प्रतिशत थ्रेसहोल्ड प्रति आपत्ती प्रकट गरेको छ । माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चाले बिहीबार विज्ञप्ति जारी गरी हालै सरकारले प्रतिनिधिसभामा ३ प्रतिशत थ्रेसहोल्ड र प्रत्यक्षमा निर्वाचन जितेकै हुनुपर्ने विषयलाई सो दलले विरोध जनाएको हो ।

mohan-baidhye-kiran

तीन दलको नाममा साना दललाई समाप्त गर्ने उद्देश्यले विधेयक पास गरेको भन्दै मोर्चाको ध्यानाकर्षण भएको जनाएको छ । तीन दलका नाममा गरिएका यस्तो प्रवृत्तिले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता समाप्त पार्ने माओवादी ठहर छ, नयाँ पत्रिकामा खबर छ । संसद्को अंकगणितीय आधारमा विधेयक पारित भएकाले स्वीकार गर्न नसकिने क्रान्तिकारी माओवादीले चेतावनी दिएको छ ।