सागर थापा
घोराही, २२ भदौ । दाङका अधिकाम्श स्वास्थ्य सस्था सरकारले तोकेको समय बिहान १० देखि ५ बजेसम्म खोल्नु पर्ने प्राबधान कार्यान्वयन हुन सकेको छैन । सरकारले देशभरका सबै स्वास्थ्य सस्थाको बहिरंग सेवा बिहानदेखि साझ छ बजेसम्म खुला राख्न परिपत्र गरे पनि दाङमा भने हालसम्म कार्यान्वयन हुन नसकेको हो ।

innयस अघि धेरैजसो स्वास्थ्य सस्थाका बहिरंग सेवा बिहान ज्ञण् देखि दिउसो दुई बजेसम्म मात्र संचालन हुने गरेको पाईएको थियो । त्यस पछी सरकारले देशभरका सबै स्वास्थ्य सस्थामा उक्त सेवा साझ ५ बजे सम्म खुला राख्न निर्देशन दिएको थियो । दिउँसो बन्द हुने तथा कहिले खुल्दै नखुल्ने दाङमा ग्रामीण क्षेत्रका अधिकाम्श स्वास्थ्य सस्थाले पछिल्लो पटक सरकारले दिएक निर्देशन पनि कार्यान्वयनमा ल्याउन सकेको छैनन् ।

भनेको समयमा औषधि पाउनु परको कुरा नियमित स्वास्थ्य चौकी समेत खोल्ने गरिएको छैन । देउखुरी जेठान गाउँका सिता थापा र रामप्रसाद आचार्यले भने । प्रायः गाउँमा चिकित्सक नबस्ने र दैनिक दुई तिन घन्टा मात्रै स्वास्थ्य चौकी खुल्ने गरेको उनले भनाइ छ । जिल्लाको दुर्गम क्षेत्रका स्वास्थ चौकीमा कार्यालय सहयोगिले बिरामीको जाच गरि औषधि दिने गरेको सर्वसाधारणको गुनासो छ । महीनामा कहिलेकाही मात्रै डाक्टर आउछन् मयालाल बुढाले भने सामान्य बिरामी भएको बेला पनि डाक्टरबाट औषधि गर्न पाईन्न कार्यालय सहयोगिले जाँच गरि औषधि दिन्छन् । दिनभर स्वास्थ्य सस्था खुला हुने भएपनि उपचारका लागि आएका सेवाग्राहि उपचार नपाई फर्केर जानुपर्ने अवस्थ कम गर्ने उदेश्यले जिल्लाका सबै हेल्थपोस्ट र प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा जिल्ला स्वास्थ्यले परिपत्र जारी गरिसकेको छ ।

तोकेको समयसम्म स्वास्थ्य सस्था नखोल्ने गरेको जनगुनासो आउँन थालेपछि जिल्ला स्वास्थ कार्यालय दाङले कडाईका साथ अनुगमन गर्ने र बन्द भएको पाईए कारबाही गर्ने चेतावनी दिएको छ । तोकिएको समय सम्म सेवा नदिय सम्बन्धित स्वास्थ्य सस्थाका प्रमुखलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयले परिपत्र गरको छ ।

आफुनजिकैको अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकीमा तोकिएको समायमा काम नभए स्वास्थ्य मन्त्रालयमा सूचना दिन पनि मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरको छ । अन्तरग सेवा उपलब्ध नभएको तथा १५ शब्या भन्दा कम संख्यामा अन्तरग सेवा सन्चालन गरिरहेको स्वास्थ्य चौकी प्राथमिक स्वास्थ्य केन्द्र लगायत स्वास्थ्य सस्थाको हकमा अनिवार्य १० ण्देखि छ बजे सम्म बहिरंग सेवा संचालन गर्नुपर्छ ।

सरकार निर्देशन अनुसार जिल्लाका सबै स्वास्थ्य सस्थालाई निर्देशन दिएको र कार्यान्वयन नभए कारबाही गरिने जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अधिकृत घनस्याम घिमिरेले बताए । नयाँ कार्यनीति भएकाले कार्यान्वयनमा केहि ढिलाई भएको हुन सक्छ उनले भने सधैं दिउँसै स्वास्थ्य सस्था बन्द गरेर हिंड्ने स्वास्थ्य प्रमुखलाई भने उन्मुक्ति दिईनेछैन । स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्रमा हेलचक्राई गर्न नहुने भएकोले स्वास्थ्यकर्मिलाई बिहान १० देखि साझ पाँच बजेसम्मै परिचालन गर्न आफू तत्पर रहेको उनको भनाइ छ ।