काठमाडौं, २२ भदौ । चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बेइजिङमा आफ्ना समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन्।

Untitled-1 copyआज बिहिबार भएको भेटमा  द्वीपक्षीय हित तथा साझा चासोका साथै चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ्सको कार्यान्वयनलाई तीव्रता दिने लगायतका विषयमा छलफल भएको भेटमा सहभागी बेइजिङस्थित नेपाली दूतावासका अधिकारीले बताएका छन्।

आजै साँझ बेइजिङस्थित नेपाली दूतावासमा गरिने रात्रीभोजमा मन्त्री महराले भेटघाट तथा भ्रमणका बारेमा जानकारी दिने कार्यक्रम छ।