दाङ, २१ भदौ । राप्ती अंचलको सर्वाधिक लोकप्रिय एवं प्रतिष्ठित नृत्य प्रतियोगिता उत्सर्ग डान्सिङ स्टार सिजन ४ को भालुबाङमा असोज २३ गते तुलसीपुरमा असोज २४ गते अडिसन हुने भएको छ । भालुबाङको अडिसन देउखुरी भ्याली स्कूलमा अपरान्ह १२ बजेदेखि प्रारम्भ हुने तथा तुलसीपुरको अडिसन पब्लिक ज्ञानज्योति माविमा बिहान ११ बजेदेखि प्रारम्भ गरिने कार्यक्रम निर्देशक केएल पीडितले जानकारी दिनुभयो ।
उत्सर्ग फिल्मस् नेपाल आयोजक रहेको सो प्रतियोगितामा सबै उमेर समूहका नृत्य प्रतिभाहरुले भाग लिन पाउने व्यवस्था गरिएको छ । प्रतियोगीहरुलाई अडिसनस्थलमा निःशुल्क फाराम उपलब्ध गराइने भएको छ ।
प्रतियोगीहरुले अडिसनमा नेपाली गीतमा बढीमा २ मिनेट नृत्य गर्नु पर्नेछ । दुबै अडिसनहरुमा बिविध सांगीतिक प्रस्तुतीहरु रहनेछन् । भालुबाङ अडिसनको संयोजन नृत्य प्रशिक्षक एवं अभिनेत्री अनिता महतारा र तुलसीपुर अडिसनको संयोजन कलाकार चोभार पौडेलले गर्नुभएको छ ।
विगत ४ वर्षदेखि अटुटरुपमा संचालन हुँदै आएको उत्सर्ग डान्सिङ स्टारको विजेतालाई रु. ५० हजार नगदसहित विभिन्न पुरस्कार र अवसर प्रदान गरिने सहसंयोजक देवका पौडेलले बताउनु भयो ।
