काठमाडौ । झापा चारआली निवासी १८ वर्षिया शितल गिरीको मोड्लिङ क्षेत्रमा धमाकेदार प्रवेश भएको छ । केही फेसन शो, ¥याप र फोटो सूटहरुमा सहभागि हुनासाथ उनको चर्चा यो क्षेत्रमा ह्वात्तै बढेको छ । हेर्दा पनि हट र राम्री शितल मोड्लिङकै लागि जन्मिएको उनका आफन्त र प्रशंशकहरुले भन्ने गर्दछन् ।

21297723_477889742580015_1213182210_o

कक्षा १२ मा अध्ययन गरिरहेका शितल परीक्षा सकिनासाथ मोड्लिङ क्षेत्रमा जम्ने योजनामा छिन् । भक्तराज गिरी र लक्ष्मी गिरीको कान्छी छोरीकारुपमा जन्मिएकी शितललाई मोड्लिङ क्षेत्रमा अगाडि बढ्न घरपरिवारले पनि पूर्णरुपले साथ दिएको छ । डान्स, अभिनय, वकतृत्व कलालगायतका क्षेत्रमा पनि दखल राख्दै आएकी शितल भविष्यमा सफल मोडल र नायीका बन्ने सोँचमा छिन् ।

21297420_477889722580017_1797032546_o

सामाजिक सेवामा पनि समर्पित हुन चाहने शितल नाम र दाम कमाएपछि समाज सेवालाई पनि अगाडि बढाउने योजनामा छिन् । सबैको साथ सहयोगले यहाँसम्म आएको बताउने शितल बोली व्यवहारमा पनि राम्रो भएका कारण उनीसँग साथीभाइहरु एकैछिन्मा घुलमिल हुन सक्छन् । क्षमता र पौरखले मोड्लिङ क्षेत्रमा स्थापित हुने साँेच राखेकी शितलको आकर्षक शरीर, चकलेटी मुहारले पनि उनलाई यो क्षेत्रमा अगाडि बढ्न सहयोग प¥याउनेछ ।

21284724_477889725913350_746858958_o

21269511_477889699246686_711547637_n