टोकियो १४ भाद्र  । पर्यटन क्षेत्रमा क्रियाशिल पत्रकारहरुको साझा संगठन नेपाल पर्यटन पत्रकार संघ(एन्टोेज)को जापानस्थित विदेश शाखा गठन गर्रिएको छ । प्रकाश वलीको संयोजकत्वामा सात सदस्यीय जापान शाखा तदर्थ समिति गठन गरिएको हो ।

Prakash Oli

आज टोकियोको सिन्जुकुमा पत्रकारहरुको एक भेलाले तदर्थ समिति गठन गरेको हो, भेलाले प्रकाश वली संयोजक, सदस्यहरुमा नारायण प्रसाद गैरे ,प्रवीन बुढा क्षेत्री,राजु धमला,यशोधा पौडयाल रहेका छन । साथै भेलाले जापानमा नेपालको पर्यटन सम्वन्धी अध्ययन र अनुसन्धानको क्षेत्रकाम गर्दै आउनु भएका अग्रजहरु रहेको ४ सदस्यीय सल्लाहाकार कमिटी पनि गठन गरेको छ । जसमा विशेशवर रेग्मी, विष्णु खनाल ,लाल बहादुर रावल र ताराप्रसाद वि।क रहनु भएको छ ।

तदर्थ समितिको आगामी बैठकले थप सदस्यहरु थपसंगै प्रथम अधिवेशनको मिति तय गर्ने बताइएको छ । यसै गरि संघको मलेशिया, अमेरिका र साउदी अरबमा पनि शाखा गठनको प्रकृया अगाडि बढेको एन्टोजका महासचिव केशरमान बुढाथोकीले जानकारी दिनुभयो ।