काठमाडौं, १० भाद्र । ‘टिभिएस जुपीटर मिस टिन कलेज सिजन ५ ’ को पहिलो अडिसन आज सिजन मिडियाको कार्यलय कमलादीमा सम्पर्न भएको छ यो पहिलो अडिसनमा १५ जना प्रतियोगीहरु छनौट हुनुभएको छ भने द्रोस्रो चरणको अडिसन आगामी १६ गते सनिवार गर्ने संस्थाका इभेन्ट म्यानेजर रेजीना तुलाधरले जानकारी दिनु भयो ।
आजको अडिसनको निर्णायकमा चलचित्र डाइरेक्टर जनकदिप पराजुली सिम्रिक एयरका सिनियर एयर होस्टेस अस्मीता खनाल र मिस टिन कलेज २०१५ का विजेता कुसुम थापा रहेका थिए ।
काठमाडौं लगायत विभिन्न जिल्लामा रहेका कलेजमा अध्ययरत १६ देखि २० वर्ष सम्मको युवतीहरुले यो प्रतियोगीतामा सहभागी हुन पाउनेछीन । भने द्रोस्रो अडिसन वाट पनि १५ जना छनौट गरि ३० जना सहभागीहरुलाई भदौ को १८ गते देखि तालिम सन्चालन गरिने नाजकारी आयोजकले जनाएको छ । उक्त प्रतियोगीता दशै तिहारको विचमा सम्पर्न गरिने छ ।
कलेज स्तरका युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको उहा वताउनु हुन्छ ।
कार्यक्रममा विभिन्न तालिमहरु जस्तै व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, स्टेज प्रर्फमेन्स,मिडिया सम्वन्धी जानकारी ,ट्राफिक नियम सम्वन्धी जानकारी साथै सामाजिक सेवा अन्र्तगत वागमति सफाई कायक्रममा सहभागी गराइने ,रक्तदान कार्यक्रम सन्चालन गर्ने तथा विभिन्न संघसस्थाको भ्रमण अन्र्तगत माइति नेपाल,नारकोनन् नेपाल , अपाङ वालसेवा केन्द्र ,वृद्धा आश्रम लगायत ठाउको अवलोकन गराइने छ भने आन्तरिक प्रतिभा प्रर्दशन,फुटसल प्रतियोगीता साथै अन्य विभिन्न आन्तरिक प्रतियोगीतात्मक कार्यक्रमहरु पनि समावेश गरिने छ जसले गर्दा प्रतियोगीहरुमा ज्ञान तथा सिपको विकास हुनेमा हामि विश्वस्थ छौ ।
प्रतियोगिताका विजेताले “मिस टिनकलेज २०१७” कोे ताज उपाधि सहित रु एकलाख ८५ हजार पर्ने टिभिएस स्कुटर र उच्च शिक्षामो छात्रावृत्ति पाउने छिन साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने लाभा मोवाइल तथा विभिन्न गिफ्टहयाम्परहरु तथा छात्रावृत्ति आदि प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिनेछ ।
