चन्द्रौटा १० भाद्र । कपिलवस्तुको शिवराज नगरपालिका ७ जभावारिमा सरसफाई जागरण अभियान सम्पन्न भएको छ ।शिवराज नगरपालिकाको पहिचान,घर घरमा सरसफाई तथा स्वच्छता अभियान भन्ने नारा सहित सुरु गरेको अभियानमा शिवराज नगरपालिका लाई आगामी मंसिर २५ गते भित्र खुल्ला दिशा मुक्त वनाउने योजना रहेको छ सोहि अनुरुप अभियान संचालन गरिएको हो ।
यु नि सेफ नेपालको सहयोग र शिवराज नगरपालिका को आयोजनामा भएको उक्त कार्यक्रममा शौचालय नवाउने र सरसफाई नगर्नेहरुलाई शिवराज नगपालिकाले कुनै पनि सेवा सुविधा नदिने नगर प्रमुख नेत्रराज अधिकारीले वताउनु भयो ।स्वस्थ्य बन्न सरसफाई आवश्यक रहेको वताउदै स्थानिय आफै सजक भएर ध्यान दिनुपर्ने जिकिर गर्नुभयो ।शिवराज नगरपालिकाको यस अभियानमा सवैले सहयोग गर्न अधिकारिले आग्रह गर्नुभयो ।
वडा न ७ का वडा अध्यक्ष अनुपकुमार चौधरीले वडामा ५ सय ४४ घरधुरि भएपनि जम्मा ७५ घरमा शौचालय रहेको वताउनु भयो । शौचालय नवनाएको खण्डमा कुनै पनि सेवा सुविधा नपाउने र फोहोर गर्नेहरुलाई कारवाही गर्ने वताउनु भयो । फोहोरले गर्दा मानिसको अकालमै मृत्यु हुने भएकाले सवै मिलेर आफ्नो गाउ समाज सरसफाई गर्ने पर्ने वताउनु भयो ।
कार्यक्रममा वोल्ने वक्ताहरुले शिवराज नगरपालिकालाई एक उत्कृष्ट नगरपालिका वनाउने लक्ष्य रहेको हुदा सो अभियानमा सवैले सहयोग गर्नुपर्नेमा जोड दिए ।वास प्रशिक्षक दयाराम शर्मा,व्यापार संघ कपिलवस्तु अध्यक्ष महादेव पोख्रेल लगाएतले मन्तव्य दिनुभएको थियो ।कार्यक्रममा शिवराज नगरपालिका का प्रमुख, उपप्रमुख,वडा अध्यक्ष,विभिन्न संघ सस्थाका प्रतिनिधि,सुरक्षा कर्मी,पत्रकारहरुको सहभागितामा सरसफाई गरिइएको छ ।
