माधव बेल्वासे
चन्द्रौटा ,९ भाद्र । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरको सुरहि खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । शिवपुरमा वस्ने १९ वर्षिय रामु थारु विहिवार दिउसो सवा १ वजे खोलामा डुवेको प्रहरिले जनाएको छ ।
थारु सगै माछा मार्न गएका २ जना साथिलाई आफु नुहान जान्छु भनेर हिडेको तर अबेर सम्म नआएपछि खोज्न जादा पानीमा डुबेको अवस्थामा फेला पारेका थिए ।रामुलाई उपचारको लागि चन्द्रौटा ल्याउदै गर्दा वाटोमा ज्यान गएको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्षक झविन्द्र भट्टराई जानकारि दिनुभयो ।शवलाई पोष्टमार्टको लागि वहादुरगंजमा रहेको शिवराज अस्पताल लागिएको भट्टराईले वताउनु भयो ।