यसरी गाली गरेका थिए मन्त्री दहितले प्रजिअ श्रेष्ठलाई 

घोराही, ६ भदौ । भुमि सुधारमन्त्री गोपाल दहितले प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ माथी गरेको दुव्र्यबहार प्रति कर्मचारी मिलन केन्द्र दाङले आपत्ती जनाएको छ । मिलन केन्द्रले सोमबार एक प्रेस बिज्ञप्ती जारी गरि केन्द्रका संरक्षक समेत रहेका श्रेष्ठलाई सार्वजनिक स्थल र समारोहमा अपमानजनक र अमर्यादित शब्द प्रयोग गरि गरेको दुव्र्यबहार प्रति दुःख व्यक्त गर्दै आपत्ती जनाएको हो ।
gopal dahit

भदौ ३ गते अमेलिया र ४ गते घोराहीमा मन्त्री दहितले गरेको दुव्र्यबहारले स्तव्ध बनाउने बिज्ञप्तीमा उल्लेख छ । बाढी, पहिरोबाट प्रभावित क्षेत्रमा चौविसै घण्टा खटेर पीडितहरुको खोज, उद्धार लगायतका व्यवस्थापन कार्यमा खटिरहेको अवस्थामा पनि जिल्लामा तत्काल उपलव्ध साधन श्रोतबाट मन्त्रीज्यूको भ्रमणको उचित व्यवस्थापन गर्दागर्दैै पनि मर्यादित पदमा आसिन पदाधिकारीबाट राष्ट्रसेवक कर्मचारीप्रति गरिएको दुव्र्यवहार निकै दुखदायी छ विज्ञप्तीमा भनिएको छ ।

pree begypati

साथै आगामी दिनमा असल संस्कारयुक्त राजनीति र मर्यादित एवं सोभनीय व्यवहार सम्बन्धित सबैबाट हुनेछ भन्ने बिज्ञप्तीमा अपेक्षा गरिएको छ । मन्त्री दहितले दाङ आउदा झण्डावाल गाडीको व्यवस्था नगरेको भन्दै सार्वजनिकरुपमै प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई अपच्य भाषा र शैलीमा गालि गलौज गरेका थिए ।