तुलसीपुर ५ भदौ । तुलसीपुर उपमहानगरपालिकाको पहलमा वाढीबाट भएको क्षति मुल्यांकनको काम सुरु भएको छ । वाढीवाट भएको क्षतिको वास्तवित तथ्यांक निकाल्नका लागि उपमहानगरले यस्तो कार्य अगाडि वढाएको हो ।
वास्तविक क्षतिको विवरण निकालेर पीडितका लागि सरकारसँग सहयोग माग गर्नका लागि उपमहानगरपालिकाले विभिन्न निकायको सहयोगमा मुल्यांकनको काम वडा नम्वर १३ बाट आरम्भ गरेको मेयर घनश्याम पाण्डेले वताउनु भयो । शहरी विकास तथा भवन निर्माण विभाग, सम्वन्धित वडा कार्यालय, प्रहरी र नेपाल रेडक्रसले संयुक्त रुपमा क्षतिको मुल्यांकन गरिरहेका छन् ।
क्षतिको मुल्यांकनको काम वाढी प्रभावित सवै वडामा हुने पनि मेयर पाण्डेले वताउनु भयो । उहाँले क्षतिको वास्तविक विवरण दिन पनि सवै वाढीपिडितहरुलाई आग्रह गर्नुभएको छ । क्षतिको विवरण संकलन सँगै क्षतिपुर्ति उपलब्ध गराउने काम तत्काल अगाडि वढ्ने पनि उहाँले वताउनु भयो । ‘वास्तविक क्षति कति भएको छ भन्ने आधारमा हामीले योजना वनाएर सरकार र सहयोगी दाताहरुसँग पहल गर्छाै ’ मेयर पाण्डेले वताउनु भयो ।