काठमाडौं, ४ भदौ । व्यवस्थापिका संसद्मा दर्ता भएर थन्किएकोे संविधान संशोधन विधेयकमाथि दफावार छलफल आज सुरु हुँदैछ ।

sambidhanसभामुख ओनसरी घर्ती मगरले बुधबार संसद्मा प्रस्तुत गरेको संशोधन विधेयकमा आज आइतबार दफाबार छलफल हुनेछ । छलफलपछि सभामुखको सचिवालयले भोलि सोमबार संशोधन विधेयक भोटिङमा लैजाने तयारी गरेको छ ।

विधेयक भोटिङमा जाने भए पनि पास हुने सम्भावना भने न्यून हुनेछ । किन भने संसद्मा अहिले ५ सय ९३ सांसद रहेका छन् । जसमध्ये पारित हुन दुई तिहाइका लागि ३ सय ९६ सांसद आवश्यक पर्दछ ।