दाङ २९ साउन । घोराहीका एक चर्चीत युवा व्यवसायी हुन् सिमनराज भाट । युवाहरुमा पनि क्रियाशील युवा व्यवसायी २०६७ साल देखि ब्यापार सुरु गरेका घोराहीमा स्थापीत हुनुहयो । सायद मिनराजलाई नचिन्ने घोराही बजार क्षेत्रमा कोही नि छैनन् होला । साउन ३१ गते हुने दाङ उवासंघको निर्वाचनमा सदस्य पदको उमेद्वार बन्नुभएको छ ।

20748190_1439852456109756_6790224195839738228_o

प्रजातान्त्रिक प्यानलवाट सदस्य पदको उमेद्वार बन्नुभएका मिनराज सफल युवा व्यवसायी हुनुहुन्छ । सबै क्षेत्रमा फरर्वाड मिनराज दांङ युवा मंञ्चको महासचिव, त्रिभवननगर जेसीजको उपाध्यक्ष, सुदूरपश्चिममैत्री समाज दाङको सचिव, घोराही ग्लेडिटर्स क्रिकेट क्लबको सचि भएर काम गरिरहनुभएको छ । यसका साथै उहाँ विभिन्न सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ । उहाँले उवासंघमा आप्mनो उमेद्वारी युवालाई व्यवसायमा कसरी आकर्षित गर्ने, विना दर्ता हुने व्यापारलाई प्रतिबन्ध लगाउने, व्यापारिक संस्थामा राजनितिक हस्तक्षप बन्द गर्ने, उद्योग वाणिज्य संघको सभाहल निर्माण छिटो भन्दा छिटो सम्पन्न गर्ने लगायतका उद्धेश्यले रहेको बताउनुभयो ।

यस्तै शनिवार बन्द हुदै गरेको बजार सो भन्दा अन्य दिन गराउने, जसले गर्दा व्यापारिक सरकारी काम काज गर्ने र अरु विभिन्न सरकारी तथा अर्धसरकारी कर्मचारी, विद्यार्थी लगायतकालागि किनमेल गर्न सहज हुने र घरबहाल करको बारेमा स्पष्ट धारणा बनाउने लगायतका आफ्ना एजेण्डा रहेको उहाँले बताउनुभयो । विभिन्न सामाजिक संघ संस्थामा रहेर लामो समयदेखी काम गरेकाले र व्यवासायिक हकहितकालागि कार्य गरेकाले पनि अग्रजको सल्लाह र साथिहरुको सहयोगले उमेद्वार बनेकाले पनि सबै व्यवसायी मतदाताहरुको सहयोगले विजयी हुने विश्वास व्यक्त गर्नुभयो ।