दाङ २८ साउन । २०४५ सालदेखि सन्तोषी माँ जलपान गृहलगायतका व्यवसाय सञ्चालन गर्दै आउनुभएका नारायणप्रसाद लामिछाने अहिले दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्यका लागि प्रतिष्पर्धामा रहनुभएको छ । जलपान गृहसँगै लामिछानेले जिल्लामा पहिलो पटक मुना टुर एण्ड ट्राभल्स प्रालि सञ्चालन गर्नुभएको छ । यस्तै लामिछानेले पहिरन कलेक्सन, एभरेष्ट लिंकवयर स्टोर पनि सञ्चालन गर्दै आउनुभएको छ ।

Narayan lamichhaneआइएसम्म पढ्नुभएका लामिछानेले सामाजिक काममा केही गरेर देखाउने उद्देश्यले उद्योग वाणिज्य संघमा आउन चाहेको बताउनुहुन्छ । व्यवसायमा लामो समय बिताउनुभएका लामिछानेले उद्योग बाणिज्य संघमार्फत् समाजसेवामा प्रवेशको तयारी गर्नुभएको छ ।