काठमाडौं २७ साउन । सरकार र राष्ट्रिय जनता पार्टी बीच सहमति भएकोछ । सहमति पछि राजपा पनि चुनावमा सहभागी हुने भएको हो । संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्ने सहमति भएपछि राजपा बाँकी रहेको प्रदेश २ को चुनावमा जाने भएको हो ।

सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने पास फेल जे भएपनि राजपाले स्वीकार गर्ने सहमति भएको हो । ‘संशोधनलाई तत्काल अघि बढाउने र पारित गर्ने सहमति भएको छ’ राजपा नेता शरतसिंह भण्डारीले भने, ‘संशोधन पास हुन्छ भन्ने हाम्रो विश्वास छ ।’