केशरमान बुढाथोकी
दाङ २७ साउन । नेपाल पत्रकार महासंघको आसन्न २५ औं महाधिवेशनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पत्रकार अजयदीप शर्माले पदाधिकारीमा उम्मेदवारी दिने भएका छन् । लामो समय युद्ध पत्रकारिता गरेर हाल नौलो जनउभार राष्ट्रिय साप्ताहिकका प्रकाशक रहेका शर्मालाई प्रेस सेन्टरले केन्द्रीय पदाधिकारीमा भिडाउने निर्णय गरेको हो ।

प्रेस सेन्टर नेपाल ५ नम्बर प्रदेशको बुटवलमा सम्पन्न बैठकले शर्मा सहित ५ नम्बर प्रदेशका अन्य उम्मेदवारको पनि नाम टुंगो लगाएको छ । बैठकले रोल्पाका पत्रकार मौसम रोकालाई पनि केन्द्रीय पदाधिकारीमा उठाउने निर्णय गरेको छ भने केन्द्रीय सदस्यमा बसन्त गिरी (कपिलवस्तु), खुल्ला केन्द्रीय सदस्यमा अास्था के.सी (दाङ), नरेन्द्र केसी (दाङ), रूद्रहरि कँवर (रूपन्देही), दीपक भट्टराई (नवलपरासी), सुशील शर्मा (बाँके), प्रेम सुनार (दलित केस), सिराज खान (मुश्लिम/अल्पसंख्यक केस), दीपा घर्ती (महिला केस) लाई चुनावमा भिडाउने निर्णय गरेको प्रेस सेन्टर नेपाल ५ नम्बर प्रदेश सचिव गणेश ओली ले जानकारी दिए ।











