दाङ, २६ साउन । दाङमा राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ को विषयमा छलफल गरीएको छ । जिल्लाका विभिन्न संघसस्थाहरुले अन्तरराष्ट्रिय युवा दिवसको अबसरमा तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरेर छलफल गरीएको हो ।
जिल्ला युवा समितिको कार्यालय दाङ, जिल्ला युवा सञ्जाल, यूएनएफपिए लगाएतका युवाको क्षेत्रमा काम गरेका विभिन्न संघसस्थाहरुको आयोजनामा राष्ट्रिय युवा निति २०७२, युथ भिजन २०२५ र दिगो बिकासका लक्ष्य सम्बन्धि छलफल गरीएको यूएनएफपिएका पुर्ण विश्वकर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा दिगो बिकासका लक्ष्य सम्बन्धी ओरेक नेपालका तुल्सा गिरी, युथ भिजन २०२५ मा मानवअधिकार तथा शान्ति समाजका निर्मल नेपाली र युवा नीतिमा सुरेश रावतले अभिमुखीकरण गर्नुभएको थियो ।
जिल्ला युवा समितिको कार्यालयका अध्यक्ष सुरेश रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले युवा नीति युथ भिजन २०२५ र दिगो बिकासका लक्ष्य कार्यान्वयनमा जोड दिनुपर्ने बताएका थिए । युवाहरुमा सधै सकारात्मक सोचको विकास हुन आबस्यक रहेको भन्दै युवाहरुमा श्रमको सम्मान गर्ने प्रबृत्तिलाई बढवा दिनुपर्ने बताएका थिए ।