साउन २५, काठमाडौं–गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले रौतहट जिल्लाको गरुडा नगरपालिका–४ स्थित भित्री सडकको खाल्डोमा डुबेर चार बालिकाको ज्यान गएको घट्ना छानविनका लागि गृह मन्त्रालयले समिती गठन गरेको बताउनुभएको छ । बुधबार व्यवस्थापिका संसदको बैठकमा जावाफ दिँदै गृहमन्त्री शर्माले रौतहटको घट्ना छानविन गर्न गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख दिपक काफ्लेको नेतृत्वमा ३ सदस्यीय समिती गठन गरिएको जानकारी गराउनुभएको हो । समितीको सदस्यहरुमा पुर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालायका निर्देशक मुीक्तराम गौतम र प्रहरी नायव महानिरीक्षक पुष्पचन्द्र रन्जित रहुनभएको छ ।
‘प्रधानमन्त्रीको निर्देशन अनुसार घट्नाको विस्तृत अध्ययन तथा छानविनका गरी दोषि पहिचान गर्न समिती गठन गरिएको छ’ गृहमन्त्री शर्माले भन्नुभयो, ‘दोषी पहिचान गरी आवश्यक कारवाहीको सिफारिस गर्नका लागि समितीलाई १५ दिनको समय दिईएको छ ।’
छानबिन समिती मंगलबार नै घट्नास्थलमा पुगिसकेको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो, ‘गरुडा–४ स्थितपानीट्यांकी जाने भित्री सड्क छेउमा बाटो निर्माणका क्रममा ठेकेदारले खनेको खाल्डोमा भरिएको पानीमा डुबेर ४ बालिकाको मृत्यु भयो, यो दुःखद घट्ना हो ।’
सड्क छेउको खाल्डोमा डुबेर गरुडा नगरपालिका–४ बस्ने राम इकबाल शाहको छोरी बर्ष ९ की सुनीता कुमारी शाह र निजकै छोरी बर्ष १२ की संगिता कुमारी शाह सोही ठाउँ बस्ने जोगिन्द्र शाहको छोरी बर्ष ९ कि सुनौना कुमारी शाह प्रेम नारायण शाहको छोरी बर्ष ९ कि सुस्मिता कुमारी शाहको मृत्यु भएको थियो ।
मृतका बालबालिकाप्रति श्रद्धान्जली ब्यक्त गर्दै मन्त्री शर्माले भन्नुभयो, ‘यो घट्ना अत्यन्त दुःखदायी हो, घट्नाको जानकारी पाउनासाथ घट्नास्थलमा प्रहरी पुगेको थियो त्यतिबेला एउटा बालिकाको शव तैरीरहेको अवस्था र अन्य तिन शवहरु खाल्डोभित्रै रहेको प्रहरीले फेला पारको थियो ।’
‘घट्नापछी दुर्गा निर्माण सेवाको मालिकलाई प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित विषयमा बयान लिएको छ’ मन्त्री शर्माले भन्नुभयो, ‘निर्माण व्यवसायी महासंघको माग बमोजिम उँहाहरुकै जिम्मामा दुर्गा निर्माण सेवाको प्रोप्राइटरलाई तारेखमा छाडिएको अवस्था छ ।’
मन्त्री शर्माले पछिल्लो समय देशका विभिन्न स्थानमा घटेका घट्नाहरु बारे सदनलाई जानकारी गराउनु भयो । पछिल्लो समय बाग्लुङ, रसुवा, कास्की लगायतका जिल्लामा पहिरोका कारण भएको क्षतिबारे जानकारी गराउँदै मन्त्री शर्माले भन्नुभयो, ‘घट्ना घटेका जिल्लाहरुमा राहत उद्धारका लागि प्रजिअ सहितको टोली घट्नास्थलमा पुगिसकेको अवस्था छ, घर पुर्ण रुपमा क्षती भएकालाई अस्थायी घर निर्माण गर्न १० हजार र जस्तापाताका लागि १५ हजार उपलब्ध गराउने निर्णय गरेका छौं ।’
घर पुर्ण रुपले क्षती भएर घडेरी समेत नभएका पिडीतलाई घडेरी खरिदका लागी २ लाख रुपैयाँ सम्बन्धीत मालपोत कार्यालय मार्फत उपलब्ध गराउने निर्णय केन्द्रिय दैवि प्रकोप उद्धार समितीले गरेको जानकारी दिँदै मन्त्रि शर्माले भन्नुभयो, ‘घर निर्माणका लागी प्रति परिवार ३ लाख उपलब्ध गराउने लगायतका निर्णयहरु केन्द्रिय दैवि प्रकोप उद्धार समितीले गरेको छ ।’