इन्द्रेणी संवाददाता
दाङ, २९ जेठ
तुसीपुर जिप तथा माईक्रो मिनिबस बस व्यवसायी समितिले दाङ काडमाण्डौका लागि डिलक्स वस सञ्चालन गरेको छ ।dilaxपहिलो चरणमा दुई क्यू गाडिहरु संचालन गरेको समितिका अध्यक्ष पवनराज वुढाथोकीले जानकारी दिनुभयो ।

थाइरेष्ट सिट भएको डिलक्सको भाडा एक हजार एक रहेको छ । हिजोदेखि सुरु गरेको सेवालाइ यात्रुहरुको मागलाइ मध्य नजर गदै सेवा विस्तार गर्ने समितिले जनाएको छ ।

हाल दैनिक साझ ५ः३० वजे र ६ः३० वजे दाङ काडमाण्डौका लागि डिलक्स बस सञ्चालन गरेको समितिका प्रशासनिक सचिव रामबहादुर डाँगीले बताउनुभयो ।।