इन्द्रेणी संवाददाता
दाङ २३ साउन । दाङमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । दाङ को तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ निवासी ४८ वर्षीय बिरबहादुर वलीमाथि सोही वडाका धनबहादुर वलीले खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहार के कति कारणले भएको हो भन्ने कुरा पुष्टी नभएपनि पुरानो रिसवीका कारण भएको हुन सक्ने प्रहरीको अनुमान छ । आरोपित धनबहादुरले घाइते वली लाइ सोमबार साँझ ५ः ४५ बजेतिर बिजौरी हाडिमे चोकनेर खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट वलीको बायाँ हातमा गहिरो चोट लागेको छ । खुकुरी प्रहार गर्ने धनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय तुलसीपुरमा पठाइएको प्रहरीले बताएको छ । घाइते वलीको बिजौरीमा प्राथमिक उपचार पछि थप उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पठाइएकोछ । वली पत्रकार तुलसीराम वलीका बुवा हुनुहुन्छ ।